पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए र सडक साँघुरो थियो । सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए । पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा सहिद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए । पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट संकलन गरिएका […]