काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सप्ताहव्यापी रुपमा मनाइने जनाएको हो । श्रावण २४ गते, आइतबारका दिन मूल समारोहको आयोजना गरिने महासंघका महासचिव विमल […]