काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, काठमाडौं परिसरमा बनाइएको कार्यालय बिहीबार उद्घाटन गरेका हुन् । बिहिबार गृहमन्त्री सुधन गुरुङ पनि कार्यालय अवलोकन र भेटघाट गर्न पुगेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी