काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनसम्बन्धी मुद्दामा न्यायिक निरुपण भइसकेको बताएका छन्। उक्त मुद्दा पुनः परीक्षणका लागि तत्कालीन सभापति शेरबहादुर देउवाको निवेदनमा सर्वोच्चले निस्सा दिएको विषयमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधान्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार […]