भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ । कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको पहलमा आम्दा मेची अस्पतालसँगको सहकार्य गर्ने सम्झौता भएको हो । […]