काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा प्रतिवादी ऋषिराज मोरसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। धरौटी वा त्यस बराबरको बैंक जमानत पेश गर्न नसके थुनामा पठाउन अदालतले आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अख्तियार […]