कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न आदेश दिएको छ। शिक्षा मन्त्रालयका एक स्रोतले बिहीबार एएफपीलाई यसको पुष्टि गरेका हुन्। यो निर्णय मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा इरानबाट कुवेतमाथि पटक–पटक आक्रमण भएको पृष्ठभूमिमा आएको हो। शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुको विस्तृत कारण सार्वजनिक नगरे पनि, इरानी सरकारसँग सम्बन्धित संस्थामाथि सुरक्षा तथा कानुनी आधारमा […]