काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ । व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो । बाढीका कारण उत्पन्न असहज […]