गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा आज जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्धसहित जिल्ला […]