‘तमरो नउँ कि हो?’
Your ads here755 X 100

•
Byडा. पुष्प जोशी
•
आइतबार, १० फाल्गुण २०८२, ५:१४ अपराह्न
बुबाले मलाई स्नेहपूर्वक बेला-बेलामा भन्नुहुन्थ्यो- ‘तिमी त साधारण बच्चा होइनौ, प्रधानमन्त्री जस्तो व्यक्तिले तपाईं भनेर आदर गरेको व्यक्ति हौ।’ बुझ्ने भएपछि थाहा भयो मलाई बाल्यकालमा स्नेहशील व्यवहार गर्ने व्यक्ति नेपालको राजनीतिका शीर्ष व्यक्तित्व तथा मूर्धन्य साहित्यकार लोकेन्द्रबहादुर चन्द हुनुहुँदो रहेछ।