काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । कार्यसम्पादन समितिले प्रदेशका नेताहरू छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए […]