काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक मतदानको समय थप गरेको छ। पार्टी सचिवालयले जारी गरेको जरुरी सूचनाअनुसार मतदाताको अत्यधिक चापका कारण तोकिएको समयमा मतदान सम्पन्न गर्न कठिन देखिएपछि प्रारम्भिक मतदानको समय सोमबार बिहान १० बजे सम्मका लागि थप गरिएको हो। रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई सहभागीमुखी र व्यवस्थित बनाउन प्रारम्भिक मतदान […]