गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिए […]