काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार विरोधी प्रदर्शन चर्काएका छन् । संघीय सरकार र स्थानीय सरकारहरूले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मानिसहरूलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेपछि उनीहरूले आ–आफ्नो ठाउँबाट विरोध गर्न थालेका हुन् । मंगलबार बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र झापामा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ठूलो प्रदर्शन गरेका […]