काठमाडौं– काठमाडौंको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छायादेवी कम्प्लेक्स बनाइएकाले अविलम्ब भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सार्वजनिक कायम गरौँ, सम्पदा संरक्षण अभियानमा […]