काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका रास्वपा सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । सङ्घीय संसद्को ‘लोगो’ सहित १० औँ पटक सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई मंगलबार संघीय संसद् सचिवालयले सम्मान गरेको हो । कार्यक्रममा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणपत्र सहित सम्मान गरेका थिए । […]