काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्। ‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, उनले भने, ‘त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’ […]