काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको चौतर्फी दबाब र नेतृत्व हस्तान्तरणको बहसबीच पनि तत्काल नेतृत्व छाड्न तयार नभएको जनाउ दिएका छन् । बुधबार काठमाडौंमा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले कसैले भनेकै भरमा नेतृत्व नछाड्ने अडान दोहोर्याए। ओलीले पार्टीलाई पुरानै शक्तिमा फर्काएर मात्रै आफूले विश्राम लिने बताएपछि उपमहासचिव […]