दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिका–७, कोप्लाङ स्थित ग्रिन लाइफ हाइड्रोपावरमा कार्यरत एक युवकको भीरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका २७ वर्षीय निमराज के.सी. रहेका छन् । उनी आयोजनास्थल नजिकैको भीरबाट खसेपछि बेपत्ता भएका थिए । घटनाको जानकारी प्राप्त भएपछि सिङ्गटी बेसबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो । […]