पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार यात्रु बोकेको निजी पिकअप ट्रकलाई सडक किनारमा राखिएको रिमोट–कन्ट्रोल ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आईईडी) मार्फत लक्षित गरी पहिलो विस्फोट गराइएको थियो। पहिलो विस्फोटपछि घाइतेहरूको उद्धारका लागि पुगेको अर्को सवारीसाधनमा दोस्रो […]