काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद […]