काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था छ । तर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने ट्राफिक नियमको कार्यान्वयन कमजोर देखिएको भन्दै प्रश्न उठ्न थालेको छ । सर्वसाधारणबाट ट्राफिक नियम उल्लंघन गरेबापत दैनिक लाखौँ रुपैयाँ जरिवाना उठाउने ट्राफिक प्रहरीले सिंहदरबारभित्र हुने अव्यवस्थित पार्किङप्रति भने प्रभावकारी निगरानी नगरेको देखिन्छ । […]