किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। स्थानीय प्रशासन र उद्धार टोलीले सबैभन्दा बढी प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ। अधिकारीहरूका अनुसार आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन प्रयोग गरिएको […]