इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा ६ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् […]