काठमाडौं- राहदानी विभागको कार्यालयअगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् । राजधानीको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयअगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्दा घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । हालसम्म उनको परिचय खुलेको छैन । उनले आत्मदाह प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]