काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सहकार्य निरन्तर विस्तार भइरहेको बताए। […]