काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन्। यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको […]