काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ । सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका १४ बल्खुको कुमारी क्लब नजिकै को क्षेत्रस्थित बागमती नदीबाट शव निकालेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेकी भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र […]