बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १२:३४ अपराह्न
हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण बाजुरामा १६ वटा भेडाबाख्रा मरेका छन् भने ३८ वटा भेडाबाख्रा बेपत्ता भएका छन् ।
जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउने क्रममा मंगलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सोही गाउँपालिका–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्य...