भीमदत्तले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ४:०५ अपराह्न
कञ्चनपुर जिल्लास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ ।
आज कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो ।
आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँको कृष्णपुर नगरपालिकाले १५ स्वर्ण, छ रजत र ११ कास्यसहित दोस्रो स्थान बनाएको जनाउँदै बेदकोट नगरपालिकाले १० स्वर्ण १३ रजत र ११ कास्यसहित तेस्रो भएको उल्लेख गरे ।
शुक्लाफाँटा नग...