क्युवाली नेतामाथि अमेरिकी अदालतमा मुद्दा दायरपछि रिसायो चीन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, ०७ जेठ २०८३, ७:४९ अपराह्न
अमेरिकाले क्युवाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्याको अभियोगमा मुद्दा दायर गरेपछि चीनले त्यसको कडा प्रतिवाद गरेको छ।
बेइजिङले वासिङ्टनलाई आफ्नो सहयोगी राष्ट्र क्युवामाथि 'धम्की' र 'दबाब' दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ।
९४ वर्षीय पूर्व राष्ट्रपति क्यास्ट्रोमाथि सन् १९९६ मा दुईवटा अमेरिकी विमान खसाल्न षड्यन्त्र गरेको अभियोगमा अमेरिकी अदालतले दोषी जिकिर गरेको छ। सो विमान दुर्घटनामा चार जनाको मृत्यु भएको थियो, जसले वासिङ्टन र हवानाबीचको कूटनीतिक सम्बन्धमा दशकौँदेखि तनाव पैदा गर्दै आएक...