मस्को क्षेत्रमा ड्रोन आक्रमण, ३ जनाको मृत्यु
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ३:०३ अपराह्न
रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले दिएको जानकारीअनुसार एउटा आवासीय घरमा मानवरहित हवाई यान ठोक्किँदा एक महिलाको ज्यान गएको हो । साथै थप एक व्यक्ति भग्नावशेषमुनि फसेका र दुई पुरुषको पनि मृत्यु भएको पुष्टि भएको उनले बताएका छन् ।
उनले बिहान करिब ३ बजेदेखि नै वायु रक्षा प्रणालीले ठूलो मात्राको आक्रमण रोक्ने प्रयास गरिरहेको बताए ।
यस घटनामा कम्तीमा ४ जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचना...