परीक्षा केन्द्रमा अमर्यादित गतिविधि, २० केन्द्राध्यक्षलाई स्पष्टीकरण
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, २३ बैशाख २०८३, ५:०७ अपराह्न
कक्षा १२ को जारी वार्षिक परीक्षाको मर्यादामाथि गम्भीर प्रश्न उठेपछि मोरङमा सुरक्षा संयन्त्र र परीक्षा बोर्डले सक्रियता बढाएका छन् ।
विराटनगर र सुनसरीका केही नाम चलेका निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई पास गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्ष नै ‘किन्ने’ गरेको गम्भीर आशंकामा प्रहरीले गोप्य रूपमा अनुसन्धान शुरू गरेको हो ।
अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट चोराउने गरिएको आशंकापछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
२० जना केन्द्राध्यक्षहरूलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश पर...