११ अर्ब ३० करोड मात्रै भित्रियो विदेशी लगानी
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ४:२५ अपराह्न
नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ ।
महालेखापरीक्षकको कार्यालयको ३३औं वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो ।
त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।
सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ ।
आव २०७९/८० मा स्वीकृत ३२ अर्ब ...