नोटिफाई नेपालLoading...



प्रधानमन्त्री बालेन्द्र शाहले सरकार पैसा बढाउनेतिर लागेको बताएको छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले देशमा उत्पादन भएका बस्तु विभिन्न राष्ट्रमा निर्यात गर्न पाउने गरी काम भइरहेको बताए।
उनले भने,‘ हामीले निर्यात गर्ने विषय वस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं।’
अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको बताउँदै उनले भने, ‘अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ’।








२२ जेठ , २,०८३