अध्यादेशमार्फत् सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम : ज्ञानेन्द्र शाही
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, १५ बैशाख २०८३, ५:१० अपराह्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै शाहीले यस्ता कदमले कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पर्नसक्ने उनले बताएका हुन् । अध्यादेशमार्फत् शासन गर्ने प्रवृत्ति बन्द गरी संसद्‌बाटै विधेयक ल्याउन उनले अपिलसमेत गरेका छन् ।
'सम्माननीय प्रधानमन्त्रीज्यू- बोलाइएको संसद् रोकेर अध्या...