इजरायली राजदूत र ज्ञानेन्द्र शाहीबीच सिंहदरबारमा शिष्टाचार भेटघाट
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, २४ बैशाख २०८३, २:३८ अपराह्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
उनीहरूबीच बिहीबार सिंहदरबारस्थित राप्रपा संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
नेता शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्ब...