लुम्बिनी प्रादेशिक अस्पतालमा ४३ एचआईभी संक्रमितबाट जन्मिए स्वस्थ बच्चा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, २३ बैशाख २०८३, ५:१० अपराह्न
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआईभी संक्रमित ४३ गर्भवतीबाट संक्रमण नभएका बच्चा जन्मिएका छन् । संक्रमित ४३ आमाबाट सबै बच्चा स्वस्थ जन्मिएका हुन् ।
एडस् हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भट्टाराईले आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिएपछि बच्चामा संक्रमण नदेखिएको बताए ।
उनका अनुसार सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआईभी सार्न रोक्ने उनले बताए । बच्चा जन्मेपछि...