नोटिफाई नेपालLoading...



विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा पहिलो पटक कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।
समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय योग प्रणेता योगी आचार्य राजन शर्माको नेतृत्वमा गएको टोली कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो। पशुपतिनाथबाट असार ४ गतेबाट सुरु भएको यात्रा कैलाश–मानसरोवरमा पुगि पुनः पशुपतिनाथमा आई समापन गरिएको छ।
'योगको पवित्र जन्मभूमि नेपालबाट शान्ति, ध्यान र प्रेमको दिव्य प्रकाश सवै विश्वमा फैलिन्छ' भन्ने अभिप्रायका साथ पहिलो पटक असार ७ गते अर्थात सन् २०२६ जुन २१ मा ‘१२औँ अन्तर्राष्ट्रिय योग दिवस’ पवित्रस्थल कैलाश–मानसरोवर मनाउन गएको थियो।
नेपाललाई योगगुरुको देश बनाउने र यसका प्राचीन योग, तपस्था, ध्यान तथा आध्यात्मिक सभ्यतालाई विश्वमाझ चिनाउन कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो।
दिवस दिन कैलाश–मानसरोवरमा परिक्रमा गरी राष्ट्रिय झण्डासहित विभिन्न आशन, ध्यान, योगसहित मनाइयो। कैलाश–मानसरोवरमा पहिलो पटक मनाइएको योग दिवसले साच्चै नै नेपाल विश्व समुदाय समक्ष ‘विश्वगुरु देश’ हो भन्ने सन्देश स्थापित भएको छ।
कैलाश–मानसरोवरको पावन उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटातर्फ लैजाने पवित्र साधन बनेको छ।
अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’ भन्ने सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुग्नाका साथै विश्वका विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन मद्दत गरेको छ।

-1782905679.jpg)





२८ असार , २,०८३