ओमानले नेपाललाई दियो ३०६ रनको विशाल लक्ष्य, लिग–२ क्रिकेटमा सन्दीपको ९९ विकेट
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १:११ अपराह्न
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी खेलमा नेपालले ओमानबाट जितका लागि तीन सय ६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय पाँच रन बनायो ।
नेपाली टोलीका बलरहरूको लगातारको आक्रमणलाई विफल बनाउँदै ओमानका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले उत्कृष्ट शतकीय पाली खेले ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जतिन्दरले एक सय ३० रन बनाए । उनले यसक्रममा केवल ९६ बलको सामना गर...