दीपेन्द्रको शतकसँगै नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, १८ बैशाख २०८३, १:३९ अपराह्न
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ९० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८९ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय रन बनाए । यसक्रममा उनले ९४ बलको सामना गरी एक छक्का र १३ चौका हिर्काए ।
दीपेन्द्र अन्तिम ओभरको अन्तिम बलमा रन आ...