महावीर पुनको सम्पत्ति विवरण- ३ तोला सुन, २८ रोपनी जग्गा, बैंकमा कति छ पैसा ?
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १२:१४ अपराह्न
प्रतिनिधिसभा सदस्य एवं पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले बुधबार सङ्घीय संसद् सचिवालयले सार्वजनिक नगर्ला भनेर सम्पत्ति विवरण आफैंले सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।
आफ्नो सम्पत्ति विवरणमा उनले आफूसँग करिब ३ तोला सुन रहेको जनाएका छन् । साथै उनले कास्कीको पोखरा महानगरपालिका ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उनले आफ्नो विवरणमा उल्लेख गरेका छन् ।
यसका साथै उनले राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुप...