नेपाली दम्पतीको दर्दनाक कथा: फेसबुकबाट चिनजानदेखि मानव तस्करीको जालोसम्म
Your ads here755 X 100

•
Byसुवास गोतामे
•
आइतबार, ०३ जेठ २०८३, ४:२३ अपराह्न
नेपालबाट दैनिक दुई हजार बढी सर्वसाधरण वैदेशिक रोजगारीका लागि विदेशिने क्रम जारी रहेकै बेला रोजगारीका नाममा हुने मानव तस्करीका घटनाले गम्भीर रूप लिन थालेका छन् ।
सामाजिक सञ्जालमार्फत शुरू भएको सामान्य चिनजान कसरी मानव बेचबिखन, आर्थिक ठगी, मानसिक यातना र बन्धक अवस्थासम्म पुग्न सक्छ भन्ने एउटा घटनाले अहिले फेरि प्रश्न उठाएको छ ।
पीडितको जाहेरी अनुसार उनी बहराइनमा काम गरिरहेका बेला फेसबुकमार्फत सीता थापा नाम गरेकी महिलासँग चिनजान भएको थियो ।
शुरूमा सामान्य कुराकानी भए नि पछि ती महिलाले भारतमा राम्रो तलबको क...