नेपाल ‘ए’ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बिहीबार, २४ बैशाख २०८३, २:०५ अपराह्न
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा बिहीबार नेपाल ‘ए’ले भ्रमणकारी टोली स्कटल्यान्डलाई जीतका लागि दुई सय ७८ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।
नेपालका लागि देव खनालले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ६३ रन बनाए । यसक्रममा उनले ६५ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए ।
ओपनर म...