कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न आफ्ना सांसदहरूलाई रास्वपाको निर्देशन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १२:३७ अपराह्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई कुनै पनि कागजातमा 'माननीय' शब्द सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ । पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकले सबै सांसदहरूको लेटर हेड, भिजिटिङ कार्डलगायत आधिकारिक कागजातमा एकरूपता ल्याउन र ती सामग्रीहरूमा 'माननीय' नलेख्न निर्देशन दिएको हो ।
सांसदहरूको कार्यक्षमता अभिवृद्धि गर्न र संसदीय प्रक्रियाबारे अझै धेरै कुरा सिक्न बाँकी रहेको निष्कर्ष निकाल्दै बैठकले सबै सांसदहर...