शेखर गोल्छा रिहा हुँदै, काठमाडौं जिल्ला अदालतद्वारा म्याद थप्न अस्वीकार
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, ४:०४ अपराह्न
काठमाडौं जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न अस्वीकार गरेको छ ।
बयान सकिएको हुनाले थुनाबाहिरै राखेर अनुसन्धान अगाडि बढाउन भन्दै जिल्ला अदालतले मंगलबार म्याद थप्न अस्वीकार गरेको हो ।
धितोपत्रसम्बन्धी कसुरमा सोमबार सर्वोच्च अदालतले धरौटी दिन नसकेमा मात्र हिरासतमा राख्न आदेश गरेको थियो ।
त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बीमासम्बन्धी कसुरमा म्याद थप्नका लागि गोल्छालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
...