आइतबारको बिदाले सुनसान देखियो सिंहदरबार [फोटो फिचर]
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ३:१४ अपराह्न
नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आइतबार सुनसान देखिएको छ ।
सरकारले कार्यालय समय बढाएर शनिबार र आइतबार बिदा दिने निर्णय लागू गरेसँगै सिंहदरबार क्षेत्रमा कर्मचारीको चहलपहल शून्यप्राय: बनेको हो ।
सामान्यतया सरकारी कर्मचारी, सेवाग्राही तथा विभिन्न कामका लागि आउने मानिसहरूको भीड रहने सिंहदरबार परिसर आइतबार भने शान्त र सुनसान देखिएको थियो ।
दुई दिनको सार्वजनिक बिदा व्यवस्थासँगै सरकारी कार्यालयहरू बन्द हुँदा प्रशासनिक गतिविधिसमेत सोमबारदेखि मात्र शुरू हुन थालेका छन् ।