नोटिफाई नेपालLoading...



नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका छन्।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको उक्त कार्यक्रममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा कार्कीसहित रुपन्देहीका राधेश्याम गुप्ता, दैलेखका विद्याप्रसाद शर्मा, दाङका वामदेव गौतम, मोरङका भोला बराल, धादिङका दीपक इटानी र बैतडीका रवीन्द्र बम रहेका छन्।
सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी भएका थिए।







१ श्रावण , २,०८३