नोटिफाई नेपालLoading...



सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले बारम्बार सभा सञ्चालनमा अवरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आइतबारको बैठकमा सांसदहरुको नामै किटेर उनले सांसदहरुले सांसदीय मर्यादा विपरित कार्य गरेको भन्दै आक्रोश पोखे।
प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिएपछि प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख अर्यालले भने, 'माननीय सदस्य आरेन राईको भाषा सुधार्न ध्यानाकर्षण गाराउँछु।'
सभामुख अर्यालले एमाले प्रमुख सचेतक ऐनबहादुर महरलाई आफूले बोलिरहेका समय उठेर समय मागेको विषयमा आपत्ति जनाउँदै मर्यादामा रहन आग्रह गरे। उनले महरसहित ध्रुवराज राई र आरेन राईलाई सदनमा देखाएको व्यवहार अशोभनीय रहेको उल्लेख गर्दै भाषा सुधार्न चेतावनी दिए।






२५ जेठ , २,०८३