टेनिसमा कमल थापाले जिते दुई स्वर्ण, प्रणव र आयुशमानको जोडी पनि च्याम्पियन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, १८ बैशाख २०८३, २:४२ अपराह्न
प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्स स्पर्धामा शुक्रबार च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ अंकले हरायो ।
भेट्रान ३५ (वर्षमाथि) पुरुष सिंगल्स स्पर्धामा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२ र १०–५ अंकले हराए ।
सोही स्पर्धाको पुरुष डबल्सतर्फको फाइनलमा जितेन्द्र परिया...